२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय आठ केजी गाँजा बरामद



अ+ अ-

सुनसरी। कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।

बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।रासस