४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डिनको राजीनामा र पुनः परीक्षा माग माग्दै तालाबन्दी भयो केयूमा

डिनको राजीनामा र  पुनः परीक्षा माग माग्दै तालाबन्दी भयो केयूमा
अ+ अ-

काठमाडौं । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (केयू)का डिन डा. राजेन्द्र कोजूको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन् ।

प्रवेश परीक्षामा गम्भीर लापरबाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरिब तथा जेहेनदार विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो । कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डा.चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ ।

उनीहरूले आवश्यक कारबाही गर्न विश्वविद्यालयका उपकुलपतिसँग मागसमेत गरेका छन् । सरकारले निजी कलेजलाई तोकेको शुल्कभन्दा बढी लाखौँ रकम लुट्न छुट दिएको, चिकित्सा शिक्षा आयोगको मर्मविपरीत विभिन्न मेडिकल कलेजलाई बिएस्सी नर्सिङ सञ्चालनका लागि अनुमति दिएको, नेपाल मेडिकल काउन्सिलको मापदण्डविपरीत मेडिकल कलेजको सिट निर्धारण गरेको, चिकित्सा शिक्षा आयोगको निर्देशनविपरीतको काम गरेको आरोप विद्यार्थीले लगाएका छन् ।

माग पूरा नहुँदासम्म डिन कार्यालयमा ताला लगाउने युवा चिकित्सक संघले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट