७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खरिद ऐनविपरीत नै बनाइँदै



अ+ अ-

काठमाडौं । सरकारले गोदावरीमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रको निर्माण सार्वजनिक खरिद ऐनविपरीत हुन लागेको छ। झन्डै ८० करोडको लागतमा निर्माण हुन लागेको उक्त भवन बनाउन हालै बसेको मन्त्रिपरिषद्को बैठकले हतार–हतारमा निर्माण स्वीकृति दिएको थियो। उक्त ऐनविपरीत शहरी विकास मन्त्रालयले ७ दिने टेन्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छ।

६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सर्तसहित खोलिएको टेन्डरमा केही ठूला फर्मले प्रतिस्पर्धाका लागि टेन्डर बिड गरेका छन्। सार्वजनिक खरिद ऐनअनुसार कम्तीमा एक महिनाको म्याद राखेर टेन्डर आह्वान गर्नुपर्नेमा सो भवन निर्माणका लागि ७ दिने टेन्डर, ५ दिनभित्र मूल्याङ्कन गरिसक्नुपर्ने गरी टेन्डर आह्वान गरिएको छ।

त्यति मात्र होइन ३ दिनको म्याद राखेर आशयपत्र निकाल्ने कामसमेत शहरी विकास तथा भवन निर्माण विभागले गरेको छ। आउँदो मार्चमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सोही भवनमा गर्ने उद्देश्यले सरकारले हतार–हतारमा उक्त भवन बनाउन लागेको बताइएको छ। यद्यपि यसबारे आयोजना प्रमुख प्रकिर्ण तुलाधरसँग सम्पर्क राख्दा उनले केही बताउन चाहेनन् । नेपाल समाचारपत्र दैनिकबाट