७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी घोषणासँगै अवरूद्ध शान्तिवार्ता पुन : शुरू गर्न अफगानी तालिवान सहमत



अ+ अ-

इश्लामावाद । अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने बिषयमा बिहीबार सहमति भएको छ ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गर्नुभएको थियो ।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उहाँको मन्त्रालयमा भेट गरी शान्ति वार्ता पुनः आरम्भ गर्ने बिषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको छ ।

आयोगका प्रमुख मुल्ला अब्दुल घानी बराडर नेतृत्वको १२–सदस्यीय प्रतिनिधिमण्डलमा आयोगका वरिष्ठ सदस्यहरू रहेका थिए । सन् २०१३ मा आयोगको गठन भएपछि अफगानी तालिवानी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सहमतिबारे जानकारी गराउँदै मन्त्री कुरेसीले आल अवरूद्ध शान्ति वार्ता छिट्टै शुरू हुने बताउनुभएको छ ।