९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

संस्कृति संरक्षणमा दरै समुदाय

संस्कृति संरक्षणमा दरै समुदाय
अ अ+ अ-

तनहुँ। आधुनिकता र प्रविधिको तीव्र विकाससँगै धेरै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुने अवस्थामा पुगेका छन् ।

यस्ता चुनौतीका बीच आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जोगाइराख्न तनहुँका दरै समुदायले प्रयास थालेका छन् ।

तनहुँमा आयोजित प्रथम दरै मौलिक चुड्का नृत्य प्रतियोगिताले दरै समुदायको संस्कृति संरक्षणको प्रयास गरेको छ ।

एक समय गाउँघरका उत्सव, पर्व र सामाजिक जमघटमा अनिवार्यजस्तै प्रस्तुत हुने चुड्का नृत्य अहिले नयाँ पुस्तामाझ कम परिचित बन्दै गएपछि दरै समाज तनहुँले मौलिक नृत्यलाई पुनर्जीवित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित पहिलो पटक दमौलीमा मौलिक चुड्का प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा जिल्लाका पाँच गाउँका दरै समुदायको सहभागिता थियो । सहभागी समूहले आफ्ना परम्परागत वेषभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुतिमार्फत दरै समुदायको मौलिक पहिचान दर्शकसामु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय, दुम्सीचौर दरै समाज तृतीय भएका दरै समाज तनहुँका सचिव विजय दरैले जानकारी दिनुभयो । यस्तै दरै समाज सुधार समिति साखर र पोल्याङ दरै समाज सान्त्वना भएका छन् । प्रतियोगितामा अनुराग थापा, छविराम दरै र शान्ति दरैले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

समाजका सचिव दरैले समुदायको भाषा, संस्कृति, भेषभूषा र परम्परागत कलालाई जोगाउन पहल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मौलिक संस्कृति नै हाम्रो पहिचान हो । हामीले आफ्ना परम्परा जोगाउन सकेनौँ भने भावी पुस्ताले आफ्नो इतिहास र पहिचान गुमाउने अवस्था आउन सक्छ ।” प्रतियोगितात्मक कार्यक्रमले पुराना पुस्तामा रहेका ज्ञान, सीप र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परिवर्तनशील समाजमा संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेकाबेला दरै समुदायले थालेको यो अभियानले अन्य समुदायलाई पनि आफ्नो मौलिक सम्पदा जोगाउन प्रेरणा दिएको बताउनुभयो । रासस