९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’

‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताउनुभएको छ ।

आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ वितरण समारोहमा समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ बाट पूर्वबैंकर अनिलकेशर शाह र सुनसरीको धरानस्थित पिण्डेण्श्वर संस्कृत माविलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँले स्व रिजालले मुलुकको शिक्षा, स्वास्थ्य धर्म संस्कृति संरक्षणमा ठूलो योगदान पुर्‍याउनुभएको स्मरण गर्दै कुशल प्रशासक एवं राष्ट्रवादी नेता भएकाले सबैले अहिले पनि सम्झने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउनदेखि निजी तथा सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने किशोरकिशोरीका लागि असल र सभ्य नागरिक भई राष्ट्र सेवामा केन्द्रित हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा स्थापित पुरस्कारले कोशी प्रदेशका साथै मुलुकका अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व खोजेर सम्मान गर्दै आएकामा प्रशंसा गर्नुभयो ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले स्व रिजालले मुलुकमा दिनुभएको शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यको युुवापुस्ताले सधैँ सम्झने बताउँदै उहाँको योगदानले सबैलाई प्रेरणा दिने बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्व रिजाल समाजलाई एकताबद्ध गराई सद्भाव कायम गर्ने व्यक्तित्वका रूपमा रहनुभएको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व शाह र संस्कृत माविका संस्थापक पुरुषोत्तम भट्टराईले आफ्ना सन्तानलाई धर्म, संस्कृति र संस्कारयुक्त बनाई राष्ट्रवादी बनाउन सबै अभिभावक लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल, उपाध्यक्ष सुरेश शर्मा, प्रा गोपाल भण्डारी, सल्लाहकार प्रभु पराजुली, प्रा गोपाल अधिकारीलगायतले स्व रिजालले शिक्षा, स्वास्थ्य र धर्मको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । रासस