२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट



अ+ अ-

कैलाली। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार आगामी आवका लागि चालुतर्फ रु एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ रु एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ ।

बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट रु ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट रु ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट रु १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको रु दुई अर्ब ५६ करोड चार लाख बजेटमध्ये जेठ मसान्तसम्म रु एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएकामा रु एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिनुभयो ।

उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ ।

विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ  । रासस