१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा यही असार २० गते ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराकोे ज्यान लिएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धर्मेन्द्र पासवानले पछिल्लो समय मधेसमा असुरक्षा बढ्दै गएको, पीडक खुलेआम घुमिरहेकामा चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद महन्थ ठाकुरले चुरेभावरको विनासले मधेसमा पानीको स्रोत सुकेको, पिउने पानीको अभाव भएको र चापाकलसमेत सुकेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद मीनासिंह रखालले कर्णालीले हरेक दिन सास्ती भोग्दै आएको अवस्थामा सुर्खेतबाट कालीकोट जाँदै गएको यात्रुवाहक बस कर्णालीमा खस्दा अहिलेसम्म सो बस र त्यसमा सवार यात्रुका बारेमा एकिन हुन नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामकुमारी झाँक्रीले सुशासनका नाममा कर्मचारीतन्त्र अन्योलमा परेको र कयौँले राजीनामा दिनुपर्ने अवस्था सृजना भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेखाकुमारी झाले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने भने पनि त्यसो हुन नसकेको र शिक्षाका उपभोक्ता मारमा परेको धारणा व्यक्त गर्नुभयो ।

सांसद रोशनी मेचेले देश लोडसेडिङमुक्त भएको घोषणा गरिए पनि सेवाग्राही उपभोक्ताले विद्युत् प्रयोग गर्न नपाएको सन्दर्भमा विद्युत् प्राधिकरणको ध्यान जानुपर्ने बताउनुभयो । सांसद वासुदेव घिमिरेले माइतीघरमा दृष्टिविहीन आफ्नो हकअधिकारको माग गर्दै आन्दोलनमा बसेकाप्रति सरकारको ध्यानकर्षण गराउँदै उनीहरूको माग तत्काल पूरा गर्न आग्रह गर्नुभयो ।

सांसद सम्झना देवकोटाले यही असार १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा ऐन संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलको सदस्यता भएका व्यक्तिलाई अध्यक्ष र सदस्यमा बस्न नमिल्ने व्यवस्था गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै संशोधित ऐनले संवैधानिक हकको हनन गरेको बताउनुभयो । सांसद सोमनाथ पोर्तेलले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्नुभयो ।