६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम तय



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुनेछ । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनुहुनेछ ।