७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम तय



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुनेछ । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनुहुनेछ ।