२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

क्रिकेटमा क्यानभित्र कलहको कहर

क्रिकेटमा क्यानभित्र कलहको कहर
अ अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीमाथि कारबाही गरेपछि क्यान र खेलाडीको विवाद उत्कर्षमा पुगेको छ । 

गत बुधबार बसेको क्यान बोर्ड बैठकले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तानी सुम्पेपछि क्यान विवाद अहिलेको ‘हटकेक’ बनेको छ । 

आम जनचासोको विषय बनेको क्रिकेट विवादले राजनीतिक तरङ्गसमेत ल्याएको छ । खेलाडीहरूले क्यानलाई निर्णयमा पुनर्विचारका लागि आग्रह गरेका छन् । जसले क्यानभित्र राजनीतिक दबाब पनि बढाएको छ । क्यानको निर्णय बाहिर आएलगत्तै सामाजिक सञ्जालमा आलोचना भएको थियो । जसले राजनीतिको समेत ध्यान खिचेको छ । 

स्रोतका अनुसर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस विषयमा ‘चासो’ व्यक्त गरेका थिए । लगत्तै देउवाले पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग चासो राखेका छन् । खेलकुदमन्त्रीमा यसको दबाब स्वत भएसँगै क्यान निर्णयमा पुनर्विचार गर्न बाध्य बन्ने देखिएको छ ।

अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारीले चर्चा पाउनुपर्ने बेलामा क्यान र खेलाडीबीचको विवादले उल्टो चर्चा लिएको छ । 

कारबाहीमा परेका चार खेलाडीले क्यानले ग्रेड सार्वजनिक नगर्दै मिडियामा त्यसबारे विरोध जनाएपछि दुई पटक स्पष्टीकरण सोधेको थियो । उनीहरुले क्यानले गरेको ग्रेडमा असन्तुष्टि पोखेका थिए । मिडियामा आएकै कारण उनीहरुलाई क्यानले कात्तिक २५ गते स्पष्टीकरण सोधेको थियो । जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए । त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो । ज्ञानेन्द्र मल्लले वर्गीकरण अघिल्लो वर्षको नभएर आउने वर्षका लागि गर्नुपर्ने बताएका थिए ।

चारै जनाले गत कात्तिक ३० मा क्यानलाई जवाफ फर्काए पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै क्यानले उक्त ‘एक्शन’ लिएको जनाएको छ । 

क्यानको विज्ञप्ती–  

क्यानले गत बुधबार जारी गरेको विज्ञप्तीको बुँदा नं. दुईमा भनेको छ, नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको छ । 

उसले अर्को बुँदा अर्थात् तीन नम्बर बुँदामा अझ प्रस्ट पार्दै ती चार खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको समेत उल्लेख गरेको छ । सोही बुँदामा अनुशासन उल्लंघन सम्बन्धी गठित छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा ती चार खेलाडीहरु संलग्न रहेको प्रस्ट्याएको छ । 

नेपाली क्रिकेट जगतमा अहिले जुन विवाद र तनावको स्थिति आएको छ, त्यसले खेल जगतमा पक्कै राम्रो प्रभाव पार्ने छैन । ‘सेन्ट्रल कन्ट्र्याक्ट’को वर्गीकरणमा विवाद नै यसको जरो रहेको बुझिन्छ । यता, विवाद तत्कालका लागि खेलाडीको वर्गीकरणको विषय सतहमा आएपनि क्रिकेट विवादको चुरो भने अन्य केही नै रहेको विज्ञहरु बताउँछन् । 

वर्तमान विवादको मूल कुनै न कुनै रूपमा क्यानमै जोडिन्छ । क्यानले आफ्नो जिम्मेवारी समयमै सही ढंगले पूरा गर्ने हो भने यसखाले विवादको उत्पत्ति नै हुने थिएन । 

क्यानले गरेको कारबाहीको दोस्रो दिन बिहीबारदेखि विभिन्न सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । चौतर्फि विरोध भएको प्रस्टै देख्न सकिन्छ । खेलाडीमाथि कारबाही गर्ने निर्णयप्रति खेलाडीहरूले इन्स्टाग्रामको स्टोरीनै राखेर विरोध जनाएका छन् । खेलाडीले क्यानको सूचनामा ‘आई एम डन’, ‘आई थिंक आई एम डन’ भन्दै विरोध जनाएका थिए । 

यसरी सामाजिक सञ्जालमा विरोध जनाउनेमा करण केसी, कुशल भुर्तेल, अभिनाश बोहरा, रोहितकुमार पौडेल र विनोद भण्डारी लगायत छन् जुन राष्ट्रिय टिमका प्रभावशाली खेलाडीहरु हुन् । 

जुनसुकै खेलको पनि विकासमा सो खेललाई अभिभावकत्व प्रदान गर्ने राष्ट्रिय संघको जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुन्छ । क्यान र खेलाडीको विवादमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पनि अछुतो भने रहेनन् । क्यानकै अध्यक्ष स्वयं चन्दले नै क्रिकेटलाई विवादमा तान्न सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्काको हात रहेको बताएका थिए । 

उनले किर्तिपुरमा यु–१९ क्रिकेटको फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा भनेका थिए, ‘सन्यास लिइसकेका र केही खेलिरहेका समेत खेलाडीले बखेडा झिकेर क्रिकेटमा अनुशासन तोडेका छन् । यसरी निकै संघर्ष गरेर ट्रयाकमा ल्याएको क्रिकेटलाई फेरी प्रतिबन्धमा धकेल्ने प्रयास भईरहेको छ । तसर्थ खेलाडीको अनुशासनको विषयमा संघबाट अब कुनै सम्झौता हुन सक्दैन ।’

यसैबीच, सोमबार क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले वक्तव्य जारी गर्दै खेलाडीमाथिको कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्ने अवस्था आएको बताएको छ । 

सिप्यानको विज्ञप्ती– 

क्यान र क्रिकेट खेलाडीबीचको विवादप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिप्यानका अध्यक्ष डा मनिषराज पाण्डे तथा महासचिव पारस खड्काले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित नै छ। तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।,’ 

समग्रमा क्रिकेट जगतको विकासका लागि आपसी समझदारी र विवादलाई निष्कर्षमा पुर्याउनु जरुरी छ । विश्वसामु नेपालले क्रिकेटबाट जुन पहिचान बनाएको छ त्यस साखलाई भविष्यमा पनि जोगाइराख्न उक्त विवाद समाधानको विकल्प छैन । 

ग्लोबल छनोट फेब्रुअरीमा २०२२ अर्थात झण्डै साढे २ महिनापछि ओमानमा हुँदैछ । उक्त ग्लोबल छनोटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई गरी ८ राष्ट्रले खेल्दैछन् । 

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली विश्वकपमा छनोट हुनेछ । यसअघि २०१४ मा विश्वकप खेलेको नेपाललाई पुनः विश्वकप खेल्ने राम्रो अवसर पनि छ ।

जसलाई मध्यनजर गर्दै २०१४ मा नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले पुनः नेपाल भित्र्याएको छ । पुबुदु आउने भएसँगै नेपालले पुनः विश्वकपमा स्थान बनाउँछ कि भन्ने आशा जागेको छ ।