९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह

धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह
अ अ+ अ-

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ । तर एउटा अभाव भने सधैँ खड्किरह्यो ! जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा ।

आज त्यो अभाव अन्त्य भयो । नापी कार्यालय धनुषाबाट लालपुर्जा हातमा परेपछि उहाँको अनुहारमा देखिएको खुसी शब्दमा व्यक्त गर्न गाह्रो थियो । “हाम्रा बाजेदेखि भोगचलन गर्दै आएको जग्गाको आज कानुनी कागज पायौँ । अब आफ्नै सम्पत्तिको प्रमाण हातमा छ ।

बैङ्कबाट ऋण लिन, छोराछोरीको भविष्यका लागि योजना बनाउन र अन्य कानुनी काम गर्न सहज हुनेछ,” उहाँले खुसी व्यक्त गर्नुभयो । रायजस्तै गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले आइतबार गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरे ।

पुस्तौँदेखि भोगचलन गर्दै आएका उनीहरूका लागि यो केवल एउटा कागज मात्र नभई लामो समयदेखि माग गरिएको अधिकारको औपचारिक मान्यता बनेको छ । स्थानीयवासीका अनुसार लालपुर्जा नहुँदा जग्गा आफ्नै भए पनि त्यसको कानुनी प्रमाण प्रस्तुत गर्न कठिन हुन्थ्यो । बैङ्किङ कारोबार, ऋण सुविधा, स्वामित्व हस्तान्तरण तथा अन्य सरकारी सेवामा अनेक समस्या भोग्नुपथ्र्यो ।

अब भने ती समस्या धेरै हदसम्म हट्ने विश्वास उनीहरुको छ । नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार विस २०७० मै नापजाँच भए पनि प्राविधिक र प्रशासनिक कारणले वितरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व दिलाउनु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले अझै लालपुर्जा प्राप्त गर्न बाँकी रहेका परिवारलाई पनि प्रक्रिया पूरा गरी चाँडै स्वामित्वको प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिनुभयो ।