९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप
अ अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वर्तमान सरकार गठन भएको सय दिन पूरा हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवाद र अलोकतान्त्रिक पद्धतिबाट अगाडि बढिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले संविधान संशोधनका सन्दर्भमा सत्ता पक्षबाट विरोधाभासपूर्ण अभिव्यक्तिहरू आएको र प्रधानमन्त्री कार्यालयबाट शुरु भएको प्रक्रियाप्रति नेकपा (एमाले) को गम्भीर असहमति रहेको स्पष्ट पार्नुभयो । संसदीय अभ्यासमा प्रतिनिधि सभा सञ्चालन नियमावली जबरजस्ती पारित गरिनुले कानूनी राज्यको मर्यादा मिचेको उहाँको तर्क छ ।

सांसद बरालले फौजदारी कानुनभन्दा माथि रहने गरी विशेष कानून निर्माण गर्ने प्रक्रिया र मन्त्रीहरूमाथि उठेका नैतिक प्रश्नहरूलाई आन्तरिक रूपमा किनारा लगाउन खोज्नु कानूनी राज्यको धज्जी उडाउनु भएको बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा ऐन ल्याउनुको सट्टा नियमावलीका आधारमा शिक्षक र विद्यालय व्यवस्थापन समितिमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

सरकारले मौलिक हक र संवैधानिक आयोगहरूमाथि एकपछि अर्को हमला गरिरहेको बताउँदै सांसद बरालले यसले संविधानविद् र राजनीतिक दलहरूमा चिन्ता बढाएको उल्लेख गर्नुभयो । उहाँले नेप्से परिसूचकमा देखिएको २९८ अङ्कको गिरावट र बैंकिङ क्षेत्रको लगानीमा सुस्तता आउनुले सरकारको आर्थिक आधार कमजोर रहेको पुष्टि गरेको दाबी गर्नुभयो ।