२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताउनुभयो । “ संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिनुभयो । आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो । अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।

सुकुमवासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिनुभयो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उहाँले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिनुभयो ।