९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ माग्नुभयो । सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गर्नुभयो ।

सांसद रुक्मिणी कोइरालाले लैङ्गिक असमानता, जातीय विभेद तथा श्रम शोषण अन्त्यका लागि प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद रेणु चन्दले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसद विष्णुकुमारी सापकोटाले महिलालाई स्वरोजगार बनाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुदेवी पुडासैनीले भने ट्राफिक नियम कडाइ गर्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन आग्रह गर्दै सडकका खाल्डाखुल्डी तथा असुरक्षित सडक संरचना तत्काल सुधार गर्नुपर्ने बताउनुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो महङ्गीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद सावित्री मल्लले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकायले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।