१३ भाद्र २०८३, शनिबार
,
Latest
धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’



तस्बिर: रासस । फाईल फोटो
अ+ अ-

काठमाडाैँ । विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा ‘विषादी जोखिम न्यूनीकरण’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर र बजार अनुगमनलाई तीव्रता पार्दै यहाँ ‘विषादी जोखिम न्यूनीकरण’ अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर देखिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो ।

“विषादीका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको छ”, उहाँले भन्नुभयो ।

विषादी नियन्त्रण गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न तत्तत् निकायसँग सहकार्य आवश्यक रहेको जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाहीले बताउनुभयो ।

“जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिका लागि विषादी व्यवस्थापनसम्बन्धी अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विषादीको प्रयोग हुन नदिन र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको खाडाँचक्र नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव बरालले बताउनुभयो । “विषादीका प्रयोग रोक्नका लागि जनचेतनामूलक अभियान र ओसारपसारमा कडाइ गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले खाद्यबालीमा जथाभावी विषादीको प्रयोग नगर्न अभियानमार्फत सबैलाई आग्रह गर्नुभयो ।