९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण
अ अ+ अ-

काठमाडौं । सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ ।

हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ ।

पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधतासँगै स्थानीय सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउन सहयोग पुग्नेछ ।

आइतबार आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया तथा विभिन्न सरकारी निकाय र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो ।

सहभागीहरूले संयुक्त रूपमा लालीगुराँसका बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० वटा लालीगुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० वटा रोपिएको कार्यालय प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी ४०० वटा बिरुवा गाउँपालिकाको समन्वय र स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उल्लेख गर्दै दिगो विकासका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।