९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
अ अ+ अ-

काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न विधाका एक हजार पाँच सय २७ विद्यार्थी दीक्षित भएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभे्रपलाञ्चोकको धुलिखेलस्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ११ दशमलब ७२ प्रतिशत नेपालबाहेक अन्य सात देशका रहेका छन् ।

समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिकउपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा एक हजार ५२७ जना विद्यार्थीमध्ये स्कुल अफ आट्र्सका १६१, स्कुल अफ एजुकेशनका ११२, स्कुल अफ इञ्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना दीक्षान्त भएका छन् ।

यसवर्ष केयूले पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका २६, डक्टर मेडिसिन इन निओनाटालोजीअन्तर्गत तीन तथा माष्टर अफ साइन्स इन मेडिकल बायोकेमेष्ट्री एण्ड मोलिक्यूर बायोलोजीअन्तर्गत चार जना विद्यार्थीलाई विभिन्न उपाधि प्रदान गरिने जनाइएको छ ।

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिएको छ । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलव ९९ प्राप्त गरी ब्याचलर अफ इञ्जिनियरिङ इन कम्प्युटर इञ्जिनियरिङ उत्तीर्ण गर्नुभएकी रिस्ता श्रेष्ठ तथा महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलब ९७ प्राप्त गरी माष्टर अफ एजुकेशन इन लिडरसीप एण्ड मेनेजमेन्ट उत्तिर्ण गर्ने अञ्जु कुमारीलाई प्रदान गरियो ।

दीक्षित हुनेमध्ये विद्यावारिधी तहका २१, एमफिल÷माष्टरबाई रिसर्चका ९३, स्नातकोत्तर तहका २७९, पिजिडिई तहका दुई तथा स्नातक तहका एक हजार १३२ विद्यार्थी रहेको जनाइएको छ । दीक्षितमध्ये अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विद्यार्थी रहेको जानकारी दिइयो ।

विश्वविद्यालयका अनुसार यो सङ्ख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत अधीक हो । आजको दीक्षान्तपछि केयूबाट दीक्षित हुने विद्यार्थीको सङ्ख्या ५१ हजार ५६७ पुगेको छ ।

दीक्षितमध्ये छ हजार ३९ जना विदेशी विद्यार्थी अर्थात् कूल उत्तीर्णको करिब १२ प्रतिशत पुगेको छ । दीक्षित हुनेमध्ये ५२ दशमलव ३९ प्रतिशत पुरुष र ४७ दशमलव ६१ प्रतिशत महिला विद्यार्थी रहेको जनाइएको छ ।