१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु



अ+ अ-

काठमाडौं । धनुषामा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ ।

उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गए राति मटकोर विधि सञ्चालन भइरहेको थियो । सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथको ब्रेक अचानक फेल भई रथ अनियन्त्रित रुपमा विवाह समारोहमा पसेको थियो ।

विवाह समारोहमा रथ प्रवेश गर्दा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते भइ प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ । प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ ।