२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९  सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट  करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ । रासस