१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद्का सदस्यहरूलाई बैठकबारे जानकारी दिइसकिएको छ। बैठकको मुख्य एजेन्डा विभिन्न संवैधानिक निकायमा लामो समयदेखि रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिस गर्ने रहनेछ।

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्। त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्तको पद रिक्त रहेको छ।

यी संवैधानिक निकायमा लामो समयदेखि पदपूर्ति हुन नसक्दा संस्थागत कामकारबाही र निर्णय प्रक्रियामा समेत प्रभाव परेको भन्दै आलोचना हुँदै आएको छ। यस्तो अवस्थामा बस्न लागेको परिषद्को बैठकबाट रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउने सम्बन्धमा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।