९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
अ अ+ अ-

काठमाडाैँ । नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् ।

विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपद्लाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्वपृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीले जानकारी दिनुभयो ।

मनसुनजन्य विपदलाई मध्यनजर राख्दै श्री नं १ विपद् व्यवस्थापन गण, काठमाडौँबाट विपद् प्रतिकार्यमा दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ । कोशीका सबै जिल्लामा उद्धार टोली २४सैँ घण्टा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । उद्धारका लागि डुङ्गा, ‘लाइफ ज्याकेट’, डोरी, ‘स्ट्रेचर’, ‘कटर’, सञ्चार उपकरणलगायत अन्य आवश्यक सामग्री व्यवस्थापन गरिएको छ ।

खोज तथा उद्धारमा दक्ष जनशक्तिको परिचालन तथा विपद् परिस्थितिजन्य तालिम तथा अभ्यास सम्पन्न भइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम मनुसन प्रतिकार्य कमाण्ड पोष्ट सबै तहमा स्थापना गरी कार्यान्वयन गरिएको उपसथी केसीले जानकारी दिनुभयो । प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय र सूचना आदान–प्रदानको व्यवस्था सुदृढ बनाइएको छ ।

मौसम पूर्वानुमान तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी गरी आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालनको तयारी गरिएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा अत्यावश्यक सेवामा सहजीकरण गर्न हेलिकप्टर इटहरीस्थित पृतना हेडक्वार्टरमा ‘स्ट्याण्डवाइ’ रुपमा राखिएको सेनाले जनाएको छ ।

विभिन्न किसिमका सवारी दुर्घटना तथा प्राकृतिक प्रकोपका कारण हुनसक्ने ठूलो हताहतीको अवस्थामा इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न सोसम्बन्धी पूर्वाभ्यास सञ्चालन गरिएको थियो । सेनाले नागरिकलाई आधिकारिक सूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।