१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

अरनिको स्मृति दिवस: अरनिकोबारे धेरै खोज जरुरी छ

अरनिको स्मृति दिवस: अरनिकोबारे धेरै खोज जरुरी छ
अ अ+ अ-

काठमाडौं । ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरुले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताउनुभएको छ । उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थान लगायतका धेरै गतिविधि अझै पनि यकिन भन्न सकिने अवस्था छैन । यद्यपि केही कुराहरु भने बाहिर आएका छन् । 

कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् ।

अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ ९कसैकसैले १२४४ भन्ने गरेका० मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरु स्मरण गर्नुहुन्छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्नुहुन्छ, “अरनिकोलाई चिन्ने कसरी रु उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर  सिर्जना गर्नु परिसकेको छ ।” उहाँले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याउनुभयो ।

विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उहाँले स्मरण गर्नुभयो । अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउनुहुन्छ । 

आज मार्च ११ अर्थात् अरनिको स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा आजदेखि पाँचदिने परम्परागत हस्तकला प्रदर्शनीसमेत सुरु भएको छ ।
 
अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रविन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए । 

नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको आजको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोका बारेमा थप अध्ययन र अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार आज नेपालीहरुले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद हो भन्नुहुन्छ । 

कलाकार कालु कुमालेको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष राजमान बज्राचार्य, प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरे लगायतले अरनिकोका विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिष्ठानले अरनिको स्मृति दिवसका अवसरमा आज कलाकार कुमालेलाई सम्मान गरेको छ । नेपाली ललितकलाको क्षेत्रमा उहाँले गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो ।

प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो । क्रोधकलाका सिद्धहस्त कुमाले वृद्धावस्थामा समेत आफ्नो कलाकारितालाई निरन्तरता दिइरहनुभएको छ ।रासस