• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

राष्ट्रपति सीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा हुँदै, एक सिफ्टमा १५ हजार सुरक्षाकर्मी



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथीको कमान्डमा भएको छ । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो । सीको भ्रमण अवधिभर सुरक्षाको नेतृत्व उनैले सम्हाल्नेछन् ।

दिनमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन गरिएकोमा एक सिफ्टमा १५ हजार खटाइएको छ । प्रत्येक सिफ्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गुप्तचर संयुक्त रूपमा परिचालन भएका छन् । सेनाका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा खटाइएको छ । चौथो घेरामा सेना, नेपाल प्रहरी र सशस्त्रका गुप्तचर पनि खटिएका छन् ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि– २०७० अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण अवधिभरको सुरक्षा जिम्मा सेनाको हो । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधिअनुसार नै सुरक्षाको प्रबन्ध गरिएको छ । जसमा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सुरक्षा प्रबन्ध निक्कै चुस्त पारिएको छ,’ उनले भने ।

सेनाका अनुसार राष्ट्रपति सीको वासस्थान सोल्टी होटेल, भेटघाट स्थल र भ्रमण रुट क्षेत्रको सुरक्षा प्रबन्धलाई विशेष रूपमा कडा पारिएको छ । होटेल र भेटघाट स्थलको सुरक्षा जिम्मा सेनाले नै लिएको छ । रुट आसपासका सडक, ओभर हेड ब्रिज, अग्ला भवन, पुललगायतको सुरक्षा जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ । त्यसबाहेक भ्रमण अवधिभर भ्रमण रुटको सुरक्षाका लागि सेनाकै हेलिकोप्टरबाट गस्ती पनि गरिएको छ ।

‘भिभिआइपी सुरक्षा कार्यविधिअनुसार सुरक्षाको क्षेत्र बाँडफाँड भएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन भएको छ । विशेष सीको वासस्थान, इभेन्ट हुने ठाउँ र भ्रमणको रुटमा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

भ्रमण रुटमा ‘ज्यामर’ प्रयोग
सुरक्षा संवेदनशीलताका कारण सीको भ्रमण रुटआसपास टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ प्रयोग गरिएको छ । भ्रमण अवधिभर भ्रमण रुटबाट कम्तीमा सय मिटर क्षेत्रमा टेलिफोन तथा मोबाइल सिग्नल अवरुद्ध गर्नेछ । ज्यामर मेसिन नेपालकै प्रयोग गरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा ज्यामर मेसिन भारतबाटै ल्याइएको थियो ।

सीलाई रात्रिभोज: लुक्लाको सिमी र साँधेको भटमासदेखि इलामको चिया र गुल्मीको कफीसम्म
चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ । सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।

मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो । खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट