२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अवैधानिक कारवाहीका प्रोपोगान्डाले विचलित हुँदैनौँ : मिलन पाण्डे

अवैधानिक कारवाहीका प्रोपोगान्डाले विचलित हुँदैनौँ :  मिलन पाण्डे
अ अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले साधारण सदस्य समेत नरहने कारबाही गरेका नेता मिलन पाण्डेले पार्टीबाट निस्कासन गरेको भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्तिलाई पूर्ण : अस्वीकार गर्नुभएको छ ।

 यो पनि पढ्नुहोस – मिलन पाण्डे विवेकशील साझाबाट साधारण सदस्य पनि नरहने गरी निष्कासित

आफू माथी गरिएको कारबाहीका बारेमा संक्षिप्त प्रतिकृया सार्बजनिक गर्दे पाण्डेले पार्टीका सदस्यहरुलाई अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित यस्ता विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

पाण्डेले जारी गर्नुभएको बिज्ञप्तिको पूर्ण पाठ-

विवेकशील साझा पार्टीको एकिकरण घोषणापत्र, विधान र विचार विपरित पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा लागेका रवीन्द्र मिश्रले पार्टी संयोजकबाट मलाई निष्कासन गरेको समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

पार्टीभित्रको मतभिन्नतालाई वैचारिक संघर्षमार्फत व्यवस्थित गर्नुको साटो पार्टीबाट निस्कासन गरेकोु भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्ति म पूर्णतस् अस्वीकार गर्दछु। म पार्टीका सदस्यहरुलाई अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित यस्ता विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गर्दछु। 

गणतन्त्र जोगाउँ, मुलुकको संविधान जोगाउँ, पार्टीको विधान मानौँ, धर्मको  नाउँमा राजनीति नगरौँ भन्दा पार्टी संयोजकलाइ सदस्यबाट समेत हटाउने अवैधानिक, अलोकतान्त्रिक र अनैतिक कदमको पार्टी भित्र र बाहिरबाट समेत निन्दा र भ्रत्सना गर्न आव्हान गर्दछु।

मैले विवेकशील साझा पार्टी निर्माणमा मेरो जीवनका सर्वाधिक उर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालिन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भईरहँदा विवेकशील साझा पार्टी गठनका लागि ठूलो त्याग र जोखिम मोलेर मैले नेतृत्व लिएको थिए। म र पार्टीको मूलबाटोमा प्रतिबद्ध साथीहरु विवेकशील साझा पार्टीबाट यस्ता अवैधानिक कारवाहीका प्रोपोगान्डाले विचलित हुँदैनौँ।

विवेकशील साझा पार्टी हाम्रो पार्टी हो। हामी यसलाई निरन्तरता दिनेछौँ।

आजै विहान हाल कायम सम्पुर्ण केन्द्रीय समिति सदस्य समेत सहभागि २०१ सदस्यीय  विवेकशील साझा पार्टी सुदृढिकरण अभियानु को केन्द्रीय समिति घोषणा भएको छ। यो कुनै समानान्तर समिति नभई पार्टी निर्माणको मुल कार्यक्रम हो। मंसिर २४, २०७४ मा भएको पार्टी एकिकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो।

  यो पनि पढ्नुहोस  – विभाजनको डिलमा विवेकशील, पाण्डे समूहबाट पार्टी सुदृढीकरण अभियान घोषणा

अतस् पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकिकरण घोषणापत्रमाथी लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै नैतिक र राजनैतिक अधिकार छैन। हामी विवेकशील साझा पार्टीलाइ वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भईरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।

नेपाल आमाको जय होस्।
मिलन पाण्डे
संयोजक
विवेकशील साझा पार्टी