• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

बेलायतमा भेटियो कारजत्रो कनखजुरो



लण्डन । उत्तरी इङ्गल्याण्डमा अहिलेसम्मको सबैभन्दा ठूलो कनखजुरोको जीवाश्म फेला परेको छ । यो कनखजुरो कार जत्रो आकारको छ र टाउकोदेखि पुच्छरसम्म ८.९ फिट लामो छ। कनखजुरोको यो जीवाश्म ३२ करोड ६० लाख वर्ष पुरानो भएको बताइएको छ । यो आर्थ्रोप्लेउरा नर्थम्बरल्याण्डको होविक बे समुद्र तटमा फेला परेको हो । यो नयाँ खोजपछि यो सबैभन्दा लामो कनखजुरो बनेको छ ।

यी कनखजुरो प्राचीन कालमा समुद्री बिच्छी थिए । आर्थ्रोप्लेउराको जीवाश्म सबैभन्दा पहिला सन् २०१८ जनवरीमा पाइएको थियो । होभिक बेको तटमा ढुङ्गामा खसेपछि यो कनखजुरा आफैँ ढुङ्गा जस्तै भएको छ। युनिभर्सिटी अफ क्याम्ब्रिजका विज्ञ नील डेभिसले यो पूर्ण खोज जस्तै भएको बताए । ढुङ्गा खसेपछि खुल्ला ठाउँमा चिरा देखिन थालेसँगै पूरै जीवाश्म देखिएको उनले बताए ।

कनखजुरा फेला पर्नु आफैँमा दुर्लभ

डेभिसका अनुसार एक पूर्व विद्यार्थीले त्यहाँ हुँदै जाँदा पहिलो पटक सो जीवाश्म देखेका थिए । सो जीवाश्मलाई मे २०१८ मा ढुङ्गाबाट निकालिएको थियो। यसका लागि टोलीले सबै अनुमति लिएको थियो। डेभिसले भने, “यो अविश्वसनीय खोज हो, जीवाश्म अत्यन्त ठूलो छ र यसलाई उठाउन चार जनाको सहयोग लिनुपरेको थियो, यसको जाँचका लागि क्याम्ब्रिज ल्याइयो ।” अनुसन्धान टोलीले उक्त जीवाश्म प्राचीन नदीमा जम्मा भएको फोहोरमा सुरक्षित रहेको पत्ता लगाएको थियो ।

डेभिसका अनुसार यस्तो कनखजुरो पाउनु आफैँमा दुर्लभ हो । उनले अहिलेसम्म सो जीवाश्मको टाउको प्राप्त नभएको बताए । जसका कारण उनीहरुको बारेमा सबै कुरा थाहा पाउन निकै कठिन हुन्छ । यो खोजले यो पनि देखाउँछ कि यी कनखजुराहरु तट नजिकैको खुला काठ क्षेत्रहरूमा ठूलो सङ्ख्यामा रहेका छन्। उक्त जीवाश्मलाई नयाँ वर्षका लागि प्रदर्शन गरिएको छ ।