१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

‘ओशो पार्क’ पर्यटकको रोजाइमा

‘ओशो पार्क’ पर्यटकको रोजाइमा
अ अ+ अ-

धरान । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।

बुटवलबाट साथीहरुसँगै धरान घुम्न आउनुभएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजभन्दा चार–पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ ।”

उदयपुर गाईघाटका प्रविन राई बिहानै गाईघाटबाट गाडी चढेर घुम्नका लागि ओशो पार्क पुग्नुभएको थियो । उहाँले भन्नुभयो, “टिकटक र फेसबुकमा देखेर यहाँ पहिलो पटक आएको छ । श्रमदान र मेहनत गर्दा एउटा खोलामा पनि सुन्दर र रमणीय घुम्ने ठाउँ बनाउन सकिने रहेछ भन्ने एउटा उदाहरण बनेको छ ।”

पहिले घुम्नका लागि भेडेटार धनकुटासम्म जाने गरेकामा अहिले यहाँस्थित पार्क नै आउने गरेको राईले बताउनुभयो । “स्थानीय स्तरमा यति सुन्दर घुम्ने ठाउँ बनिसक्यो, अब साथीभाइसँग घुम्न टाढा जानै नपर्ने भएको छ”, उहाँले भन्नुभयो ।

भानुचोकबाट करिब छ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ ।

पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् । दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उहाँ नौ वर्ष वैदेशिक जीवन बिताएर फर्केपछि यहाँ एक दशकदेखि व्यापार गर्दै आउनुभएको छ ।

गुरुङका अनुसार यहाँ घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । विशेष गरी यहाँ तोङ्बा, सुकुटीलगायत स्थानीय सामग्रीबाट बनेका परिकार खान पाइने उहाँले बताउनुभयो । “धेरैजसो अहिले बिक्री हुने भनेको तोङ्बा, सुकुटी र चटपटे धेरै बिक्छ, एकपटक आएको मान्छे निरास भएर चाहिँ जानुहुन्न फेरि फर्केर आइरहन्छन्”, उहाँले भन्नुभयो ।

व्यवसायी टेकबहादुर राई र सविता राईले पनि लामो समयदेखि यहाँ व्यवसाय गर्दै आउनुभएको छ । उहाँहरले अहिले यो ठाउँ निकै परिवर्तन भएको बताउनुभयो । यहाँ धरान, इटहरी, मोरङ, झापागायत विदेशबाट पनि पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी टेकबहादुर राईको भनाइ छ ।

ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । “अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन्”, उहाँले भन्नुभयो, “अझ विस्तारै यस ठाउँमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ । पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन् ।”

वडाध्यक्ष काफ्लेका अनुसार यो क्षेत्रमा घुम्न जाडोमाभन्दा गर्मी समयमा धेरै पर्यटक आउने गरेका छन् । “पर्यटकको थप आकर्षण बढाउनका लागि १३ नं वडा कार्यालयले रु सात लाख सहयोग गरेको छ । ओशो पार्क क्षेत्रभित्रै फूलको बगैँचा, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न ढुङ्गाको डिजाइनबाट निर्माण गरिएका आकर्षक मूर्तिहरु राखिएका छन्”, उहाँले भन्नुभयो ।

सङ्घीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्याइएको रु २० लाखले ओशो ९बिपी पार्क०को निर्माण गरिएको छ । साथै पूर्वसांसद कृष्णकुमार राईको सांसद कोषबाट रु १० लाखको सहयोगमा घिर्लिङको अवशेष जाने सिँढी निर्माण गरिएको थियो ।

आन्तरिक पर्यटकको मुख्य केन्द्रका रुपमा विकास गर्ने योजना अनुसार पार्क निर्माण गरिएको सांसद जयकुमारले बताउनुभयो । “धरानमा घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुर पछिको ओशो पार्क, ९बिपी पार्क० सँगै यस क्षेत्रमा दर्जनौँ पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “यस पार्कलाई अझ एकीकृत गरेर शौन्दर्यकरण गर्नुपर्छ ।”

धरान–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । पछिल्लो समय प्रदेश सरकारको रु ४० लाख सहयोगमा एक किमी सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विस्तार हुँदै गएको छ । यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताउनुभयो ।

यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ । रासस