१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल



अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले घेटघाट गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज भेटघाट गरेका हुन् ।

कृषि, वन लगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको छ । नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदान–प्रदानका विषयमा छलफल भएको छ ।

कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका छन् । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदान–प्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउने विषयमा समेत जोड दिइएको थियो।छलफलमा नेपाली थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।