४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको नाइके ‘काले’ युएईमा पक्राउ

सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको नाइके ‘काले’ युएईमा पक्राउ
अ+ अ-

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् ।

दुई साताअघि पक्राउ परेका कृष्णगोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले खोजी सुरु गरेलगत्तै कृष्णगोपाल गत वर्ष दुबई गएका थिए । झापा शिवसताक्षी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे । यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईमै पक्राउ परेका थिए । बेनु श्रेष्ठलाई इन्टरपोलको सहयोगमा गत वर्ष नेपाल ल्याइएको हो ।

अर्का अभियुक्त हरिशरण खड्का र रमेश उप्रेती पनि पक्राउ परिसकेका छन् । एक वर्षदेखि उनलाई नेपाल ल्याउने पहल भइरहेको छ । तर, दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा नेपाल ल्याउने प्रक्रिया लम्बिएको छ । उनीहरूलाई थुनामा नराखेपछि देश छाड्न नमिल्ने गरी तारेखमा राखिएको छ । रमेश तस्करी गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । हरिशरण यसअघि पिंगलास्थानमा बरामद भएको साढे ३३ किलो सुन तस्करी मुद्दाका समेत अभियुक्त हुन् ।

सो मुद्दामा फरार १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् । झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएकोमा अहिलेसम्म पक्राउ गरिएको छैन ।

त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । उनीहरूलाई पनि पक्राउ गरेर नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीका सहप्रवक्ता तथा इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । १८ फागुन ०७४ मा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीबाट शव बरामद गरेको थियो ।

प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।प्रारम्भिक अनुसन्धानमै हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र यसमा ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा ५ वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो ।

जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो । तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा दायर भएको थियो । तीन सयभन्दा थप व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझाबसहित पौडेल नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । टोलीले १६ साउनमा प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट घटनाको थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।

स्रोतका अनुसार प्रतिवेदनमा तस्करीमा सहयोग गर्ने थप प्रहरी अधिकारी तथा व्यापारीसहित तीन सय व्यक्तिको नाम छ । देशको सुरक्षा संरचनामा रहेका त्रुटि सुधार गर्न पनि प्रतिवेदनमा सुझाब दिइएको छ । प्रतिवेदन कार्यान्वयनमा सरकारले चासो दिएको छैन । साथै हराएको सुनसमेत अहिलेसम्म भेटिएको छैन । सो मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन छ । नयाँ पत्रिका दैनिकबाट