१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त
अ अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

मनोनित सदस्यहरूमध्ये डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित हुनुहुन्छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि प्राप्त उहाँले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा उल्लेखनीय अध्ययन तथा अनुसन्धान गर्नुभएको छ ।

उहाँको नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) ले सञ्चालन गरेको ‘अनलिसिङ आईटी ः एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास र निजी क्षेत्रसँगको सहकार्यका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेको थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुनुहुन्छ ।इन्जिनियरिङ पृष्ठभूमिका उहाँले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आउनुभएको छ। उद्योग क्षेत्रको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन प्रणाली र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, कर्खानाका सह–संस्थापक डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि प्राप्त गर्नुभएको छ। नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवद्र्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा उहाँले उल्लेखनीय योगदान दिँदै आउनुभएको छ। उहाँको अनुभवले सिटिइभिटिको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गर्नुभएको छ।

हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उहाँले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताल लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास  कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुभएको थियो। स्वास्थ्य तथा प्राविधिक शिक्षामा उहाँको अनुभवले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन र व्यावहारिक शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने विश्वास गरिएको छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता, नवप्रवर्तन र श्रम बजारसँग थप प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय तथा रोजगारमुखी शिक्षा प्रणाली विकासमा यस मनोनयनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।