१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन



अ+ अ-

काठमाडौं । शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारीसमा समस्या सम्बोधन गरिने जानकारी दिनुभयो । मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्य समिति गठन गर्नुभएको छ ।

कार्यदलले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवम तरिका मन्त्री समक्ष सिफारिस गर्नु पर्नेछ ।

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकाले निकुञ्जबाट विस्थापित परिवारहरुको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।