१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बुधबार काठमाडौंमा आयोजित संयुक्त राज्य अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित ‘रिसेप्सन’ समारोहमा सहभागी हुनुभएको छ।

नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले अमेरिकी सरकार र जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

उहाँले नेपाल र अमेरिकाबीचको मित्रवत् सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ।

समारोहका क्रममा उपराष्ट्रपतिले अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बम मार्फत संयुक्त राज्य अमेरिकाको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गर्नुभएको थियो।

नेपाल र अमेरिकाबीच कूटनीतिक, आर्थिक, शैक्षिक तथा विकास साझेदारीका विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको सन्दर्भमा उक्त कार्यक्रमलाई द्विपक्षीय सम्बन्धको निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ।

समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ रहेका अमेरिकी नागरिकको उपस्थिति थियो।