२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

इलाममा बाटैभरि लालीगुराँस र सुनाखरी देखिने ‘करसोङ’ पदमार्ग निर्माण

इलाममा बाटैभरि लालीगुराँस र सुनाखरी देखिने ‘करसोङ’ पदमार्ग निर्माण
अ अ+ अ-

झापा । झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले रु एक करोड ३० लाखको लागतमा २९ किलोमिटर लामो रमणीय पहाडी पदमार्ग निर्माण गरेको छ । मेची राजमार्गले छोएको रोङ गाउँपालिका–३ को हाँसपोखरीदेखि वडा नं ६ को सिद्धिखोलासम्म रहेको सो पदमार्ग आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विकास गरिएको गाउँपालिकाका प्रवक्ता मणिकुमार ९सुवास० स्याङ्बोले बताउनुभयो ।

इलाम जिल्लामा मात्र बसोबास गर्दै आएका लेप्चा समुदायको भाषाबाट सो पदमार्गको नाम ‘करसोङ ९सुनाखरी०’ नामाकरण गरिएको छ । करसोङ पदमार्ग ४०० देखि एक हजार ८०० मिटरसम्मको उचाइमा रहेको छ ।

यो पदमार्गले इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकासहित झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई समेटेको छ । इलामको हाँसपोखरीबाट सुरु हुने पैदलमार्ग गुगलडाँडा, झण्डीडाँडा, सलकपुरहुँदै झापाको बाहुनडाँगीमा आएर टुङ्गिएको छ । पदयात्रीलाई बाटोमा खाने र बस्ने घरबासको समेत सुविधा उपलब्ध छ । 

“कोभिड–१९ ले मानिसलाई स्वस्थ रहन र प्रकृतिसँग रम्न सिकायो”, पदमार्गले समेटेको वडा नं ६ को वडाध्यक्षसमेत रहनुभएको रोङ गाउँपालिका प्रवक्ता स्याङ्बोले भन्नुभयो,“स्वास्थ्यका लागि पैदलयात्राको ठूलो महत्व छ । पर्यटक पहाडी पदयात्रा रुचाउछन् । त्यसैले पर्यटकीय विकासका लागि हामीले ठूलो लगानी गरेर यो पदमार्ग बनाएका हौं ।” पालिकाले पाँच वर्षभित्र पदमार्गमा विभिन्न पूर्वाधार निर्माण गरिसक्ने योजना बनाएको छ । कोभिड–१९ को महामारीपछि पर्यकीयस्थलमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । 

स्थानीय पालिकाले आफ्नो क्षेत्रका प्राकृतिकस्थलको खोजी गर्ने र थप संरचना बनाएर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना धमाधम बढाइरहेका छन् । रोङ गाउँपालिकाले निर्माण गरेको यो पदमार्ग आन्तरिक पर्यटकमाझ लोकप्रिय बनिसकेको छ ।  

पदमार्गस्थलमा नेपाली सेनाको सहयोगमा करिब २५ हजार लालीगुराँसको बिरुवा रोपिएको छ भने सडक छेउका रुखमा बाक्लै सुनाखरीका बिरुवा लगाइएको छ । लेप्चा भाषामा करसोङको अर्थ सुनाखरी फूल हो । आफ्नो भाषाबाट पदमार्गको नामाकरण गरिएकोमा लेप्चा समुदायसमेत खुशी छन् ।

पालिकाले सो पर्यटकीय पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यले झापा र इलामका करिब ४० जना पत्रकारलाई हाँसपोखरीदेखि झण्डीडाँडासम्मको करिब नौ किलोमिटर दूरीको पदयात्रा गराएको थियो । प्रवक्ता स्याङ्बोले पदमार्गलाई साइक्लिङका लागि पनि विकास गर्ने योजना रहेको सुनाउनुभयो । उहाँले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “चाँडै साइक्लिङ रेस गराउँछौं, तयारी गरिरहेका छौं । निकट भविष्यमै सडक गुणस्तर सुधार गरेर साइक्लिङ रेस गराउने नेपालकै उत्कृष्ट ट्र्याक बनाउँछौं ।”

पदमार्गको विभिन्न पाँच स्थानमा ग्रामीण घरबास सञ्चालन गरिएको छ । रम्यङ, सलकपुर, जौबारी, मजुवा र पाटापुरमा घरवास छ । जसमध्ये रम्यङ र सलकपुरमा कारितास नेपालको सहयोगमा घरबास सञ्चालन भइरहेका छन् । पर्यटन कार्यालय काँकरभिट्टाका प्रवक्ता निरोज कट्टेलले सो क्षेत्रमा पर्यटन प्रवद्र्धन र पुनःनिमाणका लागि आर्थिक सहयोग गरिरहेको बताउनुभयो ।

 पूर्वी नाका काँकडभिट्टाबाट नजिकैको स्थान रहेको हुँदा यसक्षेत्रबाट भित्रिने बाह्य पर्यटकलाई समेत पदमार्गमा आकर्षण गर्ने सकिने उहाँले बताउनुभयो । पर्यटन कार्यालयले पश्चिम बङ्गालसम्म पदमार्गको प्रचार गर्र्ने उद्देश्य राखेको बताउनुभयो । पूर्वी नाका हुँदै नेपाल आउने भारतीय पर्यटकलाई यहाँसम्म ल्याउन पहल गरिने भएको छ । कम्तीमा उनीहरुलाई एक दिन मात्रै बास बसाउने गरी आकर्षण गर्न सके मेचीनगरदेखि रोङ गाउँपालिकासम्मको आर्थिक विकासमा मद्दत पुग्ने पर्यटन कार्यालयका प्रमुख कट्टेलको धारणा छ ।

रम्यङमा करिब तीन हजार ५०० लोपोन्मूख लेप्चा जातिको बसोबास रहेको हुँदा उनीहरुको सांस्कृतिक पहिचान पनि पर्यटकको आकर्षण बन्ने देखिएको छ । प्राकृतिक रुपमा पदमार्ग क्षेत्रनै सुन्दर रहेको छ । चरा चुरुङ्गीको बसोबाससमेत रहेको हुँदा चरा हेर्न पर्यटक आउने सम्भावना छ ।

पदमार्गको पुछारको क्षेत्र सलकपुर सुन्तला, अलैँची, एभोकार्डो र घरबासका लागि प्रख्यात छ । मेची नदीको नजिक रहेको सो क्षेत्रमा पाइने सुन्तला भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा समेत पुग्ने गरेको छ । सुन्तला खानकै लागि बर्सेनी यहाँ भारतीय बङ्गाली पर्यटक घरबासमा बस्ने गरी आउने गरेका छन् ।

यही पदमार्गमा रहेको झण्डीडाँडाबाट सूर्योदयको मनोरम दृश्य देखिने हुँदा यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन पाउने छन् । इलामको श्रीअन्तु जस्तै सूर्योदयको दृश्यावलोकनका लागि पर्यटक बिहानीपख यहाँ रमाउने गर्छन् । रासस