९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

१०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस

१०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस
अ अ+ अ-

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।

प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले लिएका लक्ष्यहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले १०० दिनभित्र ठोस परिणाममुखी कामहरू फत्ते गरेको जानकारी दिनुभयो। देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आम नागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उक्त विवरणमा विभिन्न ऐन-नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू समेटिएका छन्। सरकारको सय दिने कार्यकालको उपलब्धि मूल्यांकनका आधारमा आगामी दिनमा मन्त्रालयले आफ्ना कामकारबाहीलाई थप गति दिने प्रतिबद्धता समेत जनाएको छ।