९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित

‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
अ अ+ अ-

काठमाडाैँ । तीनै तहका सरकारको लगानीमा गण्डकी प्रदेशका ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत साढे चार लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस अभियानका लागि बर्सेनि बजेटमा प्राथमिकता दिँदै आएको छ ।

मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालले आगामी आवका लागि रू एक अर्ब सात करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “आगामी वर्ष थप १५ हजार घरधुरीमा निजी धारा पुर्‍याउने मन्त्रालयको लक्ष्य छ”, उहाँले भन्नुभयो, “चालु आवमा २० हजार घरमा धारा जोड्ने गरी काम अन्तिम चरणमा पुगेको छ ।” विसं २०७८ को जनगणनामा ५० प्रतिशत घरधुरीमा निजी धारा जडान भएको पाइएकामा त्यसयता १६ प्रतिशत घरधुरीमा निजी धारा पुगेको हो ।

यस अभियानका लागि सङ्घ सरकारले शसर्त र विशेष अनुदानबाट बजेट उपलब्ध गराउँदै आएको छ । स्थानीय तहले आफ्नै स्रोतबाट पनि ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै आएका छन् । भौगोलिक कठिनाइ, जनशक्ति अभाव, बजेटको सीमा आदि कारणले पछिल्लो समय अभियानको प्रगति सुस्त देखिएको सिनियर डिभिजनल इन्जिनियर अर्यालले बताउनुभयो ।

“कतिपय ठाउँमा लिफ्ट प्रविधिबाट खानेपानी पुर्‍याउनुपर्ने अवस्था छ, कतै भौगोलिक जटिलता छ”, उहाँले भन्नुभयो, “आधारभूतस्तरको खानेपानीमा लगभग सबै घरधुरीको पहुँच छ, हरेक घरमा निजी धारा भने अझै पुर्‍याउन सकिएको छैन ।”

उहाँका अनुसार प्रदेशका ९७ प्रतिशत घरधुरीमा आधारभूत खोनपानी सेवा पुगेको छ । प्रदेशका तीन प्रतिशत घरधुरी अझै पनि आधारभूत खानेपानीको पहुँचबाट टाढा छन् । एकानब्बे प्रतिशत जनसङ्ख्यामा पहिल्यै आधारभूतस्तरको खानेपानी सेवा पुगेकामा प्रदेश सरकार आएपछि पहुँच बढेर ९७ प्रतिशत पुगेको हो ।

आधा घण्टाको दूरीसम्म खानेपानी सेवा पुगेका अवस्थामा आधारभूतस्तरको खानेपानी सेवा पुगेको मान्ने गरिएको छ । खानेपानी लिन आधा घण्टाभन्दा बढी समय लागेमा मात्र आधारभूतस्तरको खानेपानीको सेवा नपुगेको मान्ने गरिन्छ । खानेपानीको पूर्वाधार र गुणस्तर सुधार गरी मध्यम तथा उच्चस्तरको खानेपानी सेवा पुर्‍याउने कार्यक्रमलाई पनि मन्त्रालयले निरन्तरता दिँदै आएको छ ।

प्रदेश स्थापनापछि विसं २०७४ मा गठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानी पुर्‍याउने निर्णय गरे पनि उक्त लक्ष्य अझै पूरा हुन सकेको छैन । सन् २०३० सम्ममा नेपालका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पुर्‍याउने लक्ष्य सङ्घ सरकारको छ ।