२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

संसदमा सभामुखको बठ्याई, एमसीसीको बारेमा बोल्न सुवाललाई अनुकुल वाताबरण (भिडियो सहित)

संसदमा सभामुखको बठ्याई, एमसीसीको बारेमा बोल्न  सुवाललाई अनुकुल वाताबरण (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाउनु भएको छ । मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूचि अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाउनु भएको हो । त्यस अवसरमा उहाँले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गर्नु भयो ।

सांसद सुवालले भन्नु भयो, ‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूचि अगाडि बढाउनु संसदीय परम्परा होईन । कार्यसूचि अगाडि बढाउनु हुँदैन । संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ । संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं । एमसीसी सम्झौताको अनुसूचि १ मा बुटवल हुँदै भारतको सीमासम्म विद्युत प्रशारण लाईन तान्ने योजना नेपालको जलविद्युत भारतीय हुँदै सिंगापुरसम्म लैजाने र नेपाललाई अध्यारोमा राख्ने हो । दफा ४ दशमलव २ मा एमसीसीले कम्प्याक्ट अप्रेशन विभाग युरोप, एशीया प्यासेफिक तथा ल्याटिन अमेरिकाको सहायक उपाध्यक्षलाई अतिरिक्त प्रतिनिधि नियुक्त गर्ने उल्लेख गरिएको छ । यो हिन्द प्रशान्त क्षेत्रमा अमेरिका सैन्य गठबन्धन हो ।

दुईटा देशको सम्झौंतामा युरोप, एशीया र ल्याटिन अमेरिकाको विषय कहाँबाट आयो ? अमेरिकी रक्षा विभागको दस्तावेजहरुले यो एमसीसी सम्झौंता हिन्द प्रशान्त अमेरिकी सैन्य गठबन्धननै हो भन्ने पुष्टि गर्छ । अमेरिकाले सन् २००४ देखि हिन्द प्रशान्त क्षेत्रका देशहरुलाई एमसीसीमार्फत सहयोग गर्ने र अमेरिका सैन्य नेतृत्वको मोर्चा बनाउने कार्य गरेको स्पष्ट उल्लेख छ । सन् २०१८ मा भियतनाममा भएको हिन्द महासागर भएको सम्मलेनमा हिन्द प्रशान्त रणनीतिमा संलग्न भएवापत नेपालले ५० करोड डलर सहयोग पाउने बताएको थियो । यो पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनको सिलसिला हो ।

एसियामा युद्ध गराउने र हतियार बेच्ने अमेरिकी चाहना हो । एमसीसी सम्झौता यसको सिलसिला हो । अमेरिकाले संसारको ७० भन्दा बढि देशमा सैन्य अखडा राखेको र भारतमा समेत अमेरिकी सैन्य गठबन्धन तैनाथ गरेको छ । सन् २०११ मा माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौंता सुरु गर्नु भएको थियो । लगत्तै सन् २०१२ मा नेपाल र अमेरिकाको संयुक्त सैंन्य युद्ध अभ्यास सुरु गरियो । सन् २०१७ मा नेपाली सेनाको छाउनीस्थित रेन्जर गणमा हिन्द प्रशान्त क्षेत्र अन्तरगतको अमेरिकी सहयोग रु. १८ करोडमा रिजनल क्राीईसिस म्यानेज्मेन्ट गठन गरिएको समाचार छ ।

हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली सेनाको माउन्टेन वारपार तालिम स्थलमा हिन्द प्रशान्त क्षेत्र अन्तरगतको अमेरिकी बजेट अलिकति सहयोग गरी त्यहाँ पनि अमेरिकी सेनाले तालिम लिइरहेको समाचार छ । दफा ६ दशमलव ८ मा एमसीसीको हैसियत उपशिर्षक अन्तरगत सम्झौताको कारण नेपालीलाई हानी नोक्सानी भएमा, नेपालीको मृत्य भएमा कतै उजुरी नलाग्ने उल्लेख छ । यसको अर्थ नेपाल सार्वभौम देश होईन । अमेरिकी नवउपनिवेशजस्तै ठान्नु हो ।’

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको वेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन । तर एमाले सांसदहरुको चर्का नाराबाजी बीच पनि संसद बैठक जारी छ ।