१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी बेवारिसे शव फेला



अ+ अ-

पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव फेला परेको छ ।

नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ ।

उक्त शव गए रातिदेखि म्याग्दी सदरमुकाम बेनीघाट बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ ।

उक्त शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाइ शव परीक्षणका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।

गणपति क्षेत्रीको कमाण्डमा र्‍याफ्टिङ बोटसहित खटिएको १५ जनाको टोली र बागलुङबाट सशस्त्र प्रहरी उपरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रूपमा शव नदीबाहिर निकालेको थियो । रासस




भर्खरै