• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

रिक्त रहेको सभामुख पद कस्को जिम्मा लगाउनेबारे सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य शुरु



काठमाडौं । रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ । सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो ।

सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ ।

पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् । सो पदका लागि आकांक्षीहरूले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब बन्ने सभामुखबारे बहस पनि सुरु भएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट भएका थिए ।

महराको पछिल्लो घटनाले नेकपालाई सभामुख फेर्न सहज भएको नेकपाका नेताहरू नै बताउँछन् । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् । उता, अर्का अध्यक्ष दाहाल पनि नेम्वाङप्रति सकारात्मक छन् । तर, उनीमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दबाब बढी छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन् ।

नेकपाबाट अहिले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे छिन् । नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुखमा माओवादी र उपसभामुखमा तत्कालीन एमालेले उम्मेदवारी दिएका थिए भने सोहीअनुसार जित पनि हासिल गरेका थिए । तर, अहिले भने दुवै दल मिलेर नेकपा बनिसकेको छ । अब नेकपाबाटै सभामुखको उम्मेदवार दिन पाइनेछैन ।

यस्तो अवस्थामा उपसभामुख डा. तुम्वाहाम्फेलाई समेत सभामुखको उम्मेदवारी दिन लगाएर उपसभामुख पद खाली गर्नुपर्ने हुन्छ । उपसभामुखले राजीनामा दिन सभामुख हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि सभामुखले राजीनामाको साटो उम्मेदवारी दिएर आफ्नो पद खाली बनाउनुपर्ने हुन्छ । राजधानी दैनिकबाट