४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो ।

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो ।सञ्चारमन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो ।

त्यसपछि उहाँले सुन्धारास्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी सेवा लिन आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिनुभएको थियो । सेवाग्राहीहरूले कार्यालयमा सेवा लिन लामो समय लाइनमा बस्न नपरेको तथा अपेक्षाकृत छिटो सेवा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

निरीक्षणपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो । उहाँले ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः सेवा लिन जाँदा बारम्बार उही कागजात पेश गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुसार नयाँ सिम वितरण, केवाईसी अद्यावधिक, गुनासो दर्ता, गुनासोको अवस्थाबारे ट्र्याकिङ, शुल्क भुक्तानीलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने प्रणाली विकास गरिएको जानकारी दिनुभयो ।

सिम लिनका लागि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा ल्याइएको र ग्राहकले अनलाइनमार्फत आवेदन दिएपछि आफूलाई पायक पर्ने सेवा केन्द्रबाट सिम प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गरिएको र इ सिमका लागि भने कार्यालय धाउन नपर्ने र अनलाइनबाटै सेवा लिन सकिने उहाँले बताउनुभयो ।

उहाँले सेवाग्राहीलाई एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने उद्देश्यले ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभयो ।

कार्यालयको निरीक्षणपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्राहकका लागि आधुनिक सेवा विस्तारसँगै सेवाको गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न नेपाल टेलिकमले विशेष ध्यान दिनुपर्नेमा जोड दिन निर्देशन दिनुभयो ।