५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक



अ+ अ-

काठमाडौँ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएपछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार भण्डारीलाई सोमबार अर्थ मन्त्रालयमा सरुवा गरिएको हो। त्यससँगै विभागको दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी पाण्डेलाई सुम्पिएको स्रोतले जनाएको छ।

भण्डारी २०८२ साल भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकका रूपमा कार्यरत थिए। तर, चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि रसुवा भन्सार नाकाबाट भएका केही सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता तथा त्रुटि भेटिएपछि विभागीय नेतृत्वमाथि पनि प्रश्न उठेको थियो।

उक्त घटनाको छानबिनपछि १३ जना कर्मचारीमाथि कारबाही गरिएको थियो। सोही प्रकरणमा विभागीय प्रमुखका रूपमा नैतिक जिम्मेवारी वहन गराउनुपर्ने निष्कर्षसहित भण्डारीलाई मन्त्रालयमा तानिएको बुझिएको छ।

यस घटनापछि भन्सार प्रशासनमा नेतृत्व परिवर्तन गरिएको हो भने रसुवा भन्सारमा भएको जाँचपास प्रकरणबारे थप अनुसन्धान र प्रशासनिक प्रक्रिया अघि बढिरहेको बताइएको छ।




भर्खरै