१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धि उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उहाँले उक्त स्पष्ट पार्नुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको बताउनु भयो ।

उहाँले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गर्नुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकीर पनि गर्नुभयो । उहाँले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुनेगरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभयो ।