१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल

लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतन्त्रको सुदृढीकरण केवल निर्वाचनबाट मात्र सम्भव नहुने भन्दै यसको वास्तविक शक्ति राज्यका संस्थाहरूको प्रभावकारिता, पारदर्शिता र उत्तरदायित्वमा निहित रहेको बताउनुभएको छ।

६८औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले समयानुकूल, अनुसन्धानमा आधारित, जनमुखी र परिणाममुखी संसदीय गतिविधि तथा नियमावली निर्माण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।

उहाँले संसदीय समितिहरूको सुदृढीकरण, तथ्यमा आधारित बहस, डिजिटल प्रविधिको उच्चतम प्रयोग, जनसहभागिता र संसदीय मर्यादाको संरक्षणमार्फत संसदलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। संसद दिवसमा मात्र नभई नियमित रूपमा प्रभावकारी बहस र अन्तरक्रियाका कार्यक्रम सञ्चालन गर्न सके लोकतन्त्र थप सुदृढ हुने उहाँको भनाइ थियो।

अध्यक्ष दाहालले असहमति लोकतन्त्रको सौन्दर्य भए पनि संवाद र सहमति यसको वास्तविक शक्ति रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

पूर्वसांसद मञ्च तथा संविधान सभा परिषद् नेपालजस्ता संस्थामा रहेका अनुभवी सदस्यहरूको ज्ञान र अनुभव वर्तमान तथा भावी सांसदहरूका लागि महत्त्वपूर्ण मार्गदर्शन बन्न सक्ने उहाँले बताउनुभयो। त्यस्ता अनुभवलाई संसदीय अभ्यासमा उपयोग गर्न सके संसदको प्रभावकारिता अझ बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

संसदको गरिमा, मर्यादा र प्रभावकारिता जोगाउनु सांसदहरूको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले संसदले सधैँ दिगो विकास, सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।

संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र, समान अवसर र सामाजिक न्यायको लक्ष्य हासिल गर्न संसदको सक्रिय, जिम्मेवार र प्रभावकारी भूमिका अपरिहार्य रहेको अध्यक्ष दाहालले बताउनुभयो। संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको कार्यान्वयन आवश्यक ऐन–कानूनमार्फत हुने भएकाले त्यस्ता कानुन निर्माणमा सांसदहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

विकासलाई केवल भौतिक पूर्वाधार विस्तारमा सीमित गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले मानव विकास, ज्ञान, प्रविधि, सामाजिक सद्भाव र सुशासनको समग्र उन्नतिलाई नै वास्तविक विकासका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो।