९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश



अ+ अ-

काठमाडौं ।  विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका पाँच जना आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो।

आदेशअनुसार तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यस्तै, कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईसँग जनही ३ लाख रुपैयाँ तथा ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।

यसैगरी, आरोपित तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।