२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो



फाइल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी सवारीसाधनबाट जडान गरिएको कालो सिसा हटाएको छ।

सोमबार ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियानअन्तर्गत गृहमन्त्री र गृहसचिवको सवारीसाधनमा जडान गरिएको कालो फिल्म हटाइएको जनाएको हो।

ट्राफिक प्रहरीका अनुसार कानुनको समान रूपमा कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले सरकारी तथा निजी सबै प्रकारका सवारीसाधनमा अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिइएको छ।

प्रहरीले सडक सुरक्षामा चुनौती सिर्जना गर्ने तथा सुरक्षा निकायलाई सवारीभित्रको अवस्था निरीक्षण गर्न कठिन हुने भएकाले नियमविपरीत जडान गरिएका कालो सिसा हटाउने कार्यलाई थप प्रभावकारी बनाइने जनाएको छ।

ट्राफिक प्रहरीले सबै सवारीधनीलाई प्रचलित कानुनको पालना गर्न तथा अवैध रूपमा जडान गरिएका कालो सिसा स्वेच्छाले हटाउन पनि आग्रह गरेको छ।