४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल
अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले कम्प्युटर सहायता प्राप्त लेखापरीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा यस कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । लेखापरीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखापरीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको कथन थियो । “औँल्याइएका बेरुजुको समयमै फस्र्योट, आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु नै नआउने गरी वित्तीय व्यवस्थापनमा सुधार गर्नु तीनै तहका सरकार, लेखा उत्तरदायी अधिकारी तथा सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी र दायित्व हो” सभामुख अर्यालले भन्नुभयो ।

सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्याङ्कन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्यका सबै निकाय तथा नागरिकको उच्च अपेक्षा रहेको सभामुख अर्यालको कथन छ । बर्सेनि करिब छ हजार निकाय तथा कार्यालयहरूको लेखापरीक्षण निर्धारित समयमा सम्पन्न हुँदै आएकामा प्रसंशा गर्दै सभामुखले देशभरका हजारौँ सार्वजनिक निकायको सीमित स्रोतसाधनका बीच समयमै लेखापरीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको बताउनुभयो ।

नेपालको संविधानले महालेखा परीक्षकको कार्यालयलाई सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने महत्त्वपूर्ण संवैधानिक जिम्मेवारी प्रदान गरेको जानकारी दिँदै उहाँले प्रदेश र स्थानीय तहमा समेत सोही व्यवस्था अनुरूप प्रतिवेदन प्रस्तुत गर्ने प्रणालीले सार्वजनिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले वार्षिकोत्सव केवल स्थापना दिवसको उत्सव मात्र नभई सार्वजनिक वित्तीय सुशासन, पारदर्शिता, जवाफदेहीता तथा वित्तीय अनुशासनप्रतिको साझा प्रतिबद्धतालाई पुनः स्मरण गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको स्पष्ट पार्नुभयो ।