३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

विश्वकप छनोट फुटबलमा नेपाल जोर्डनसँग पराजित

विश्वकप छनोट फुटबलमा नेपाल  जोर्डनसँग पराजित
अ+ अ-

काठमाडौं । नेपाल विश्वकप छनोट फुटबलमा जोर्डनसँग ३—० ले पराजित भएको छ । जोर्डनको अम्मन अन्तर्राष्ट्रिय रंगशालामा नेपालले स्वभाविक पराजय भोगेको हो । नेपालले पहिलो हाफ गोलरहित बराबरीमा टुंगाए पनि अधिकांश समय जोर्डनले खेल दबाबमा राखेको थियो र त्यसलाई निरन्तरता दिँदै दोस्रो हाफमा गोल गरेको थियो । विश्वकप छनोट यात्रामा जोर्डनले तेस्रो खेलमा दोस्रो विजय हात पारेको हो । सबै चार अवे खेल खेलेको नेपालले एकमा मात्र विजय हात पारेको छ ।

तर पहिलो गोल निकै विवादस्पद रहयो । यासिन महमुद बखितलाई दिनेश राजवंशीले लडाएको भन्दै ताजिकस्तानका रेफ्री सादुल्लो गुलमुरोडीले जोर्डनलाई पेनाल्टी दिएका थिए । तर दिनेशको हात काँधमा पुग्नु अघि नै बखित लडिसकेका थिए । रक्षक फेरास जेयाद सिलवायाले कुनै गल्ती नगरी पेनाल्टीमा गोल गरे । त्यसको एक मिनेटपछि नै विमल घर्तिले नेपाललाई बराबरीमा ल्याउने राम्रो मौका गुमाएका थिए ।

७९ औं मिनेटमा अहमद इर्सानले सानदार चिप गरेर गोल गरे । खेल समाप्त हुन दुई मिनेट अघि बखितको क्रसमा बहा फैजल सेइफले गोल पोष्ट नजिकबाट हेडमा गोल गरे । जोर्डनले पहिलो मिनेट देखि नेपाली गोल पोष्टमा आक्रमण सुरु गरेको थियो । खेल सुरु भए लगतै रक्षक सुमन अर्याल चिप्लिदा जोर्डनका खेलाडीको प्रहार बाहिरिएको थियो । तेस्रो मिनेटमा पनि जोर्डनले राम्रो अवसर पाएको थियो ।

किरण गोल पोष्ट बाहिर रहेको अवस्थामा जोर्डनका खेलाडीको प्रहारलाई नेपाली रक्षकले गोललाईनबाट क्लियर गरिदिए । अहमद इर्सानको दुई फ्रिकिक प्रहारलाई गोलरक्षक किरण चेम्जोङले जोगाए । रक्षात्मक रणनितिका साथ खेलेको नेपालले पनि दुई अवसर पाएको थियो । सन्तोष तामाङको फ्रिकिक प्रहारमा २२ औं मिनेटमा अनन्त तामाङको हेड केही बाहिर गएको थियो ।

३६ औं मिनेटमा सन्तोषले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार जोर्डनका गोलरक्षक एवंम कप्तान अमेर साफीले बचाएका थिए । नेपाल ४—५—१ को रणनितिमा खेलिरहेको छ । अस्ट्रेलियासँग विश्वकप छनोटको पछिल्लो खेलमा ५—० ले पराजित भएको खेलबाट नेपालले स्ट्राइकर विमल घर्तिमगर, सन्तोष तामाङ र सुमन अर्याललाई प्लेइङ ११ मा खेलाएको छ ।

विमललाई अभिषेक रिजालको, मिडफिल्डर सन्तोषलाई घाइते विशाल राई र सुमनलाई रन्जीत धिमालको स्थानमा खेलाएको थियो । नेपाल पछिल्लो पटक अम्मन आउदा २०११ को विश्वकप छनोटमा जोर्डनसँग ९—० ले पराजित भएको थियो । कान्तिपुर दैनिकबाट