१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडाैँ । भोजपुरकाे पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित अन्य दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले लाइट जडित सेफ्टी हेलमेट, स्टेचर, रेनकोट, फायरबल लगायत करिब रु एक लाख ५० हजार बराबरका सामग्री सुरक्षाकर्मीलाई हस्ताणतरण गरिएको बताउनुभयो ।

वर्षायामसँगै बाढी, पहिरो, आगलागी तथा अन्य सम्भावित विपद्का घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीस्वरूप सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उपाध्यक्ष ज्योत्सना राईले विपद् व्यवस्थापन केवल प्रतिक्रिया नभई पूर्वतयारी, सचेतना र दिगो व्यवस्थापनसँग जोडेर हेर्नुपरेकाले उक्त सामग्री सुरक्षा निकायलाई उपलब्ध गराएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले सीमित स्रोतसाधनका बीच काम गरिरहेका सुरक्षाकर्मीका लागि प्राप्त सामग्री उपयोगी हुने उल्लेख गर्दै भविष्यमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।रासस