४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन

उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन
अ+ अ-

काठमाडाैँ । सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असार १४ गते काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण गरेको जनाएको छ ।

होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौँ महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा ‘कस्मेटिक ग्रेड’को ‘रोज वाटर’ खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ । साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, दोस्रो टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी विषादी अवशेष परीक्षण गरेको थियो । परीक्षण गरिएका २२ वटा विभिन्न प्रकारका ताजा फलफूल तथा तरकारीको प्रतिवेदन खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ । टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा पनि अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

मन्त्री निशा मेहेताले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट गर्दै उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने बताउनुभएको छ ।

उहाँले बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको अनुगमन तथा नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर सञ्चालन हुने पनि जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण संलग्न प्रतिवेदनमार्फत सार्वजनिक गरेको जनाएको छ । रासस