२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष एकलतर्फ कास्कीका खड्का प्रथम

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष एकलतर्फ कास्कीका खड्का प्रथम
अ अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जित्नुभएको छ ।
 
सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उहाँले उपाधि जित्नुभएको हो । प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई क्रमशः जनही रु ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा मुलुकका १५ क्लवका १८५ खेलाडीको सहभागिता थियो । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा भएको सो प्रतियोगिता गत मङ्सिर २७ गते प्रारम्भ भएको हो । प्रतियोगितामा महिला एकलतर्फ सलोनी तामाङ र डबल्सतर्फ एपिएफका सर्भानी श्रेष्ठ र सलोनी तामाङ प्रथम हुनुभयो । 

यसैगरी पुरुष डबल्सतर्फ जीतेन्द्र परियार र प्रणव खनाल, भेट्रान्स ३५ वर्ष माथि एकलमा जीतेन्द्र परियार, डबल्समा निमा लामा र सुमित मैनाली, भेट्रान्स ४५ वर्ष माथि एकल चन्द्र शाही, डबल्समा कृष्णराज घले र महेश श्रेष्ठ प्रथम हुनुभयो । त्यस्तै भेट्रान्स ३५ वर्ष माथि एकलमा विमलकुमार गुरुङ, डबल्समा कृष्णराज घले र सूवर्ण ढक्का, भेट्रान्स ६५ माथि एकलमा विदुर विष्ट प्रथम हुनुभयो भने ईन्टरगर्भमेन्टलतर्फको उपाधी उत्तम बोगटी र चन्द्रबहादुर थापाले जित्नुभएको थियो ।

प्रतियोगिताका विजयी टोली र खेलाडीलाई प्रधानसेनापति शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राना, बलाकृतरथी बालकृष्ण कार्की, बलाध्यक्षरथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक शैलेश थापा र नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  

नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने एवम् टेनिस खेलको सिप विकास, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त प्रतियोगिताका विभिन्न उमेर समूह र विधाका खेलाडी संलग्न गराइएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल ९एपीएफ०, फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवनआर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता थियो ।

समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताउनुभयो । प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लवले च्याम्पियन भई शिल्ड प्राप्त गर्न सफल भयो ।