१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान



अ+ अ-

प्राग। ‘द चेक रिपब्लिक’ आइतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ । यो लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो ।

चेक मौसम विज्ञान संस्थान (सीएचएमआई)का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

संस्थानले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको जानकारीमा आधिकारिक मौसम केन्द्रको सञ्जालमा पहिलो पटक ४१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अभिलेख गरिएको जनाएको छ । तापक्रम अझै बढिरहेको जनाउँदै यसले रेकर्ड अझै माथि जान सक्ने उल्लेख गरेको छ ।

यसअघि शनिबार पनि डोक्सानीमा ४० दशमलव ९० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो, जसले १४ वर्षअघिको रेकर्ड तोडेको थियो । युरोपका अधिकांश मुलुक झैँ ‘द चेक रिपब्लिक’ पनि पछिल्ला दुई सातादेखि तीव्र गर्मीको लहरबाट प्रभावित छ । मौसमविद्हरूले आइतबार गर्मी चरम अवस्थामा पुग्ने तथा साँझतिर पश्चिमी ‘द चेक रिपब्लिक’ केही क्षेत्रमा शक्तिशाली हुरी तथा वर्षाको सम्भावना रहेको बताएका छन् ।

आइतबार दुई वटा मौसम केन्द्रमा दिउँसो करिब एक घण्टामै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो, जुन शनिबारको तुलनामा करिब दुई घण्टा अगाडि हो ।

सीएचएमआईले प्राग र आसपासका क्षेत्रमा अत्यधिक गर्मीका कारण जमिन सतहमा ओजोनको मात्रा बढेर धुवाँको जोखिम देखिएकाले चेतावनी जारी गरेको छ । संस्थानले विशेषगरी दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई अनावश्यक शारीरिक श्रम नगर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । (रासस/एएफपी)